नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुने

काठमाडौं, १४ मंशिर । नेकपा एमालेको  मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु हुदैँछ ।

 

अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्दैछन ।

पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा जारी रहने छ ।

 

एमालेका अनुसार झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याइनेछ ।

 

जसका लागि अध्यक्ष ओलीसहित पार्टीका शिर्ष नेताहरु बैतडीको झुलाघाट पुगिसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्