आजबाट नयाँ वर्ष २०७७ सुरुः एक-आपसमा शुभकामना आदान प्रदान गरि मनाइँदै

काठमाडौं – आजबाट विक्रम संवत् २०७७ सालको नयाँ वर्ष सुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।

विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा हर्षोल्लासका साथ मनाउँछन् । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता र असफलता मूल्यांकन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्दछन् ।

यस वर्ष कोरोना भाइरस महामारीको जोखिमका कारण नेपालीहरुले घरमै बसेर नयाँ वर्ष मनाउँदैछन् । तर विगत वर्षहरुमा एक आपसमा भेटघाट गरि विभिन्न कार्यक्रमहरुको आयोजना गरि शुभकामना आदन प्रदान गर्दै मनाइन्थ्यो ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि लाग्ने भीड पनि यस वर्ष छैन । भीडभाड भई रोग सर्न सक्ने भएकाले सजगता अपनाउँदै धेरै मन्दिरमा सूचना टाँस गरी मूल ढोकामा ताला लगाइएको छ । मन्दिरमा नित्य पूजामात्र हुने गरेको छ ।

नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिने चलन भए पनि यस वर्ष कोरोनाका सन्त्रासका कारण चैत ११ गतेदेखि निरन्तर देशभर बन्दाबन्दी भएकाले मानिस घरमै बसेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्