लमजुङमा १२ पुसदेखि ३१औँ त्रिवेणी कप प्रतियोगिता हुने, प्रथम पुरस्कार ८ लाख

लमजुङ, १२ मंसिर । लमजुङमा जिल्लाकै सर्वाधिक धनराशिको त्रिवेणी कप राष्ट्रब्यापी फुटवल  प्रतियोगिता आगामी पुस दोस्रो सातादेखि हुने भएको छ । ११२ पुसबाट प्रतियोगिता  सञ्चालन हुन लागेकाे हाे । क्लवले यसवर्षको त्रिवेणी कप फुटवल प्रतियोगिताको विजेतालाई ८ लाख रुपैयाँ पुरस्कार दिने भएको  छ ।

प्रतियोगितामा उपविजेताले नगद ४ लाख पाउनेछ् भने, सेमीफाइनल पराजित दुई टीमलाई नगद १/१ लाख दिइने क्लवका अध्यक्ष राजकुमार घिमिरेले बताए । प्रतियोगितामा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले नगद २०/२० हजार रुपैयाँ पाउनेछन् ।  टिम दर्ता शुल्क २० हजार रुपैयाँ राखिएको छ ।

जिल्लामा फुटवल खेलको विकास र प्रवर्द्धन गरी व्यवसायीकरण गर्ने र उच्च स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरीएको अध्यक्ष घिमिरेले बताए ।

 

क्लवले यसवर्षको त्रिवेणी कप फुटवल प्रतियोगिता सञ्चालनका लागी ४७ लाख १० हजार अनुमानित खर्च हुने जनाएको छ ।  गतवर्ष पुरस्कार ५ लाख रुपैँया थियो । ३१औं संस्करणको प्रतियोगीता बेसीशहरस्थित सहजी खेल मैदानमा सञ्चालन हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्