बलात्कार आरोपमा एकजना पक्राउ

दाङ, ११ मंसिर । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके कोहलपुर नगरपालिका-११ बस्ने रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१३ घर भएका ३२ वर्षीय मान बहादुर पुन मगरलाई  प्रहरीले पक्राउ गरेको छ ।

 

मगरले ती महिलालाई ललाई फकाई विवाह गर्छु भनि प्रलोभनमा पारी गत असोज २३ गते राति दाङ राप्ती गाउँपालिका-१ भालुवाङ बजारस्थित रोल्पाली सिर्प जलजला ड्रिमल्याण्ड होटल एण्ड लजमा लगी जबरजस्ती करणी गरी यातना समेत दिएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्