टी-२० सिरिजमा अस्ट्रेलियामाथि भारतको लगातार दोस्रो जित

काठमाडौँ, ११ मङ्सिर । भारतले अस्ट्रेलियाविरुद्धको जारी टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा भारतले अस्ट्रेलियालाई ४४ रनले पराजित गरेको हो ।

भारतले दिएको २३६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ९ विकेट गुमाउदै १९१ रन बनाएको थियो ।

यसअघि भारतले पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाएर २३५ रन बनाएको थियो ।

योसँगै भारतले ५ खेलको सिरिजमा २-० को अग्रता हासिल गरेको छ ।

 

अब सिरिजको तेस्रो खेल मंगलबार हुने तालिका रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्