लकडाउनको सदुपयोगः काठमाडौका सडक चिटिक्क

काठमाडौं – काठमाडौंका सडकहरुलाइ चिटिक्क बनाउने काम भइरहेको छ । सडक व्यवस्थापनको अभिन्न अङग मानिने सडक रंगरोगन, मार्किङ र मर्मतको काम भइरहेको हो ।

काठमान्डौका मुख्य सडकका पेटी देखि भित्री बाटोहरुमा जेब्रा क्रसिङ निर्माण गर्ने, रंगरोगन गर्ने लगायतका काम भइरहेको छ । कोरोना संकम्रणको जोखिमलाइ कम गर्नका लागि गरिएको लकडाउनका बेला सडकमा सवारी साधनको चहलपहल कम हुने मौका छोपी सडक मर्मतको काम गरिएको हो ।

घमाइलो मौसम, खाली सडक र थोरै कामदारले पुग्ने भएकाले लकडाउन कै समय भएपनि सडक मर्मतको काम जारी छ । दरबारमार्ग, पुतलीसडक, टेकु, माइतीघर, थापाथली, बबरमहल, सिहंदरबार, चाबहिल–गौशाला सडकखन्ड, विशालनगर लगायतका क्षेत्रमा सडक मार्किङको काम भइरहेको छ ।

सडक मर्मतमा खटिने कामदारको सुरक्षामा पर्याप्त ध्यान दिइएको सडक डिभिजन कार्यालयले जनाएको छ । लकडाउनको समयमा सडकमा ट्राफिक व्यवस्थापन पनि सहज भएको र गाडी पनि कम चलेकाले काम गर्न सहज भएको कामदारहरु बताउछन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लकडाउन शुरु हुनु अघिबाट नै उपत्यकामा झन्डै ४० किलोमिटर सडक ओभर पिच, नयाँ पिच र मर्मतको काम सम्पन्न गरिसकेको थियो । कोरोनाका कारण सडक विस्तारका अन्य काम स्थगित भएपनि सडक मर्मतको कामले भने तिव्रता पाएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्