बैतडी-दार्चुला जोड्ने कर्कले पुल भासियो, ठूला गाडी आवागमनमा रोक

Photo : Nepal Television

बैतडी- बैतडी-दार्चुला जोड्ने कर्कले पुल भासिएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–३ कर्कले र बैतडीको डिलाशैनी गाउँपालिका–रुद्रेश्वर जोड्ने चमेलिया नदीमा रहेको बेलीब्रिज भासिएको हो ।

केही दिनअघि सो पुलको दार्चुलातर्फको मुख्य पिलर भएको ठाउँमा पूरै जमिन भासिएको थियो । पहिरोले पुलको मुख्य पिलर तलतिरको जमिन भासिएपछि दुर्घटनाको जोखिम बढेको छ । दुर्घटनाको जोखिम बढेसँगै पुलमा ठूला गाडी आवागमनमा रोक लगाइएको ट्रकचालक शेरसिंह कार्कीले बताउनुभयो ।

सो पुल भएर बैतडीको रुद्रेश्वर, सिमार, गणन्नालगायतका क्षेत्रमा पुगिन्छ भने दार्चुलाको चमेलिया जलविद्युत् आयोजना, बिटुले, मार्मा, अपिहिमालको मकिरागाडसम्म आवतजावत गर्ने सवारीसाधन यसै पुल भएर गुड्ने गरेका थिए ।

पुलको समयमै मर्मतसम्भार नहुञ्जेलसम्म ठूला गाडी चलाउन रोकिएको छ । आवागमनमा रोक लगाएसँगै उक्त सडकखण्ड भएर चल्ने सवारीसाधन ठप्प छन् ।

नेपाल टेलिभिजनबाट सभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्