वीर अस्पतालमा पनि कोरोनाको नमुना परीक्षण सुरु, देशभरी ८२ जना आइसेलेसनमा

काठमाण्डौ – वीर अस्पतालमा पनि कोरोना भाइरस (कोभिड १९) को नमुना परीक्षण सुरु भएको छ ।
यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै हुँदै आएको परीक्षणलाई विस्तार गर्दै वीर असपतालबाट पनि परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
शनिबार नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले शनिबारदेखि वीर अस्पतालमा नमुना परीक्षण सुरु भएको र आइतबारदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि नमुना परीक्षण हुने जानकारी दिनुभयो ।
उहाँका अनुसार देशैभर कोरोना परीक्षणको दायरा बढाइएको छ । अहिलेसम्म चार हजार चार सय २६ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा आठ सय ९७ जनाको नमुना परीक्षण भएको छ ।
यस्तै अहिले देशभर आठ हजार ८२ जना क्वारेन्टाइनमा छन् । काठमाण्डौमा १५ जना र उपत्यकाबाहिर ६७ जना गरी अहिले ८२ जनाको आइसोलेशमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्