आजबाट बडा दशैं समापन हुदैँ

काठमाडौं – नेपालीहरुको महानपर्व बडा दशैं आजबाट समापन हुदैँछ । गत असोज २८ गते घटस्थापना गरेर सुरु भएको बडा दशैं कोजाग्रत पुर्णिमासँगै समापन हुन लागेको हो ।

नेपालीहरुले भव्यरुपमा मनाउने बडादशैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रातमा जाग्राम बसेपछि आजदेखी समापन हुनेछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरिनेछ, जसका लागि रातभर जाग्राम बस्ने प्रचलन रहदैँ आएको छ । माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्ष अर्थात बडा दशैंलाई बिदा गर्ने चलन रहेको छ । बडा दशैं समापन भएसँगै टिका ग्रहण कार्य पनि रोकिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्