हङकङद्वारा यूएई ६९ रनले पराजित, रन रेटका आधारमा यूएई नै फाइनलमा नेपालसँग भिड्ने

काठमाडौं – त्रिकोणात्मक टी–२० शृङ्खलामा हङकङले यूएईलाई ६९ रनले पराजित गरेको छ । हङकङले जित हासिल गरेपनि रन रेटका आधारमा यूएई फाइनलमा प्रवेश गरेको छ । अब यूएईले नेपालसँग फाइनल खेल पक्का गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा बुधबार टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २१२ रन बनाएको थियो । जवाफमा यूएईले २० ओभरमा ५ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्