चरेस र चितुवाको छालासहित प्रहरी हवल्दार सहित ३ जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट चितुवाको छाला र चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिकाको शहीदगेट नजिकैको एक होटलबाट विशेष सूचनाका आधारमा प्रहरी सहायक हबलदारसहितका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हबलदार करनबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका–१ का २६ वर्षीय धनकृष्ण रोकाया र बुढिगंगा नगरपालिका–१० का ३० वर्षीय हेमराज जोशी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकि रहेको जनाइएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्