दार्चुलामा एक महिला मृत अवस्थामा फेला

सांकेतिक तस्बिर

दार्चुला – दार्चुलामा एक महिला मृत अवस्थामा फेला परेकि छन्। जिल्लाको नौगाड गाउँपालिका–१ बगड की ४८ वर्षीया धनादेवी ठगुन्नालाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

ठगुन्नाको शव सोही ठाउँस्थित बिलासौ जंगलमा मंगलबार फेला परेको हो। असोज ३ गते घरबाट छोरीको घर जान्छु भनी हिँडेकी उनी सम्पर्कबिहिन भएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्