नगर प्रमुख बजालले गरे इजरायलमा मुत्यु भएका नेपालीको परिवारलाई आर्थिक सहयोग

 रमेश बहादुर सिंह, बझाङ

इजरायलमा भएको आतंककारी हमालामा परि ज्यान गुमाएका बझाङको जयपृथ्वी नगरपालिका वडा नं ११ भोजपुरका मृतक गणेश नेपालीको घरपरिबारलाई आज जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजालले आर्थिक सहयोग गरेका छन्।

जयपृथ्वी नगरपालिकाको मेयरसँग जनता कार्यक्रम अन्तर्गतको बजेटबाट आज नगर प्रमुख बजालले मूतकको परिवारलाइ आर्थिक सहयोग गरेका छन्।

यहिँ असोज २० गते आतंककारी प्यालेस्टानी (हमास) को आक्रमणमा परी १० जना नेपालीसँगै गणेश नेपालीको पनि निधन भएको थियो। मूतक नेपालीको परिवारलाई सम्झाउदै नगर प्रमुख बजालले सरकारसँग समन्वय गरेर छिटो भन्दा छिटो लास ल्याउनको लागि आफूले पहल गर्न पनि बजालले जानकारी दिनुभयो।

यस घटनाले मूत्यकको परिबार मात्र दुखि नभएर सि‌ंगो नगरपालिका नै दुखित भएको उहाँले बताए। केही गर्छौ भनेर इजरायल गएका नेपाली मुत्यु भएको खबर ले परिवारमा बज्रपात भएको छ। यस दुखत अबस्थामा परिवारमा केही राहत होस् भने उद्देश्यले आज नगर प्रमुख बजालले २५हजार नगद स्वरुप परिवारलाइ सात्वना दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्