हिजो एकै दिन दुई हजार नाै सयले बढेको सुनको मूल्य आज भने सात सयले घट्यो

आज नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। हिजो प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला सात सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य भने स्थिर रहेको छ। आज प्रतितोला १३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्