त्रिदेशीय टी–२० शृङ्खला नखेल्ने सन्दीपको घोषणा

काठमाडौँ  – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेले त्रिदेशीय टी–२० श्रृङ्खला नखेल्ने घोषणा गरेका छन् । आउँदो कात्तिक १ गतेदेखि शुरु हुने शृङ्खलाका लागि नाम फिर्ता लिने निर्णय गरेको उनले जानकारी दिएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल, यूएई र हङकङबीच शृङ्खलाको आयोजना गरेको छ । तर लामिछानेले सामाजिक सञ्जालमार्फत् आफू कठिन परिस्थितिबाट गुज्रिरहेकोले खेलमा सहभागी हुन नसक्ने बताएका छन् । कात्तिक १ गतेदेखि शुरु हुने शृङ्खलाको फाइनल खेल कात्तिक १० गते हुनेछ । समूह चरणका खेल मूलपानी क्रिकेट मैदानमा र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । नेपालले आफ्नो पहिलो खेल कात्तिक १ गते यूएईसँग, दोस्रो खेल कात्तिक २ गते हङकङसँग खेल्नेछ । यस्तै, कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते फेरि यूएईसँग खेल्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्