काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा गोली चल्यो

काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा गोली चलेको छ । प्रहरीले लुटेरामाथि गोली चलाएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटेरा समूहमाथि गोली चलाउँदा एक जना घाइते भएका छन्।

घाइते भएका युवक नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचाररत छन् । यसैगरी, प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरी वृत्त वौद्धमा लगिएको छ।

लुटेरा समूह आएको खबर पाउनासाथ गोकर्णेश्वर नगरपालिका–९ जगडोलमा प्रहरी पुगेको थियो । तर लुटेरा समूहले हतियार निकालेपछि आत्मरक्षाका लागि गोली चलाएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्