टाउको दुख्यो भनेर सुतेका असई मृत फेला

काठमाडौँ – नेपाल प्रहरीका सहायक निरीक्षक (असई) सुतेकै ठाउँमा मृत फेला परेका छन् । धनकुटामा कार्यरत ४१ वर्षीय असई प्रकाश चौधरी बुधबार डेरामै मृत फेला परेका हुन् ।

उनी चौबिसे गाउँपालिकास्थित मुढेबास प्रहरी चौकीका इन्चार्जसमेत थिए । मोरङ घर भएका उनी बुधबार बिहान सुतेकै स्थानमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

टाउको दुख्यो भन्दै कोठामा सुत्न गएका चौधरीलाई आफ्नै ओछ्यानमा घोप्टो परेको अवस्थामा मृत फेला पारिएको उनका सहकर्मीहरुले बताएका छन् । चौधरीको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्