मासु धेरै खाएको भन्दै भिनाजुले काठको चिर्पटले हान्दा सालोको मृत्यु

भीरकोट नगरपालिका–२ केगाँमा भिनाजुको कुटाइबाट घाइते सालाको मृत्यु भएको छ । ७२ वर्षीय भिनाजु ठगबहादुर विकको कुटाइले ३ महिना पहिला घाइते भएका बिरुवा ७ सपौदेका ४५ वर्षीय मनबहादुर विकको मृत्यु भएको हो ।

मनबहादुर लामो समयबाट भिनाजुको घरमा काम गरेर बस्दै आएका थिए । गत असार २२ गते मासु धेरै खाएको भन्दै भिनानुले काठको चिर्पटले टाउकोलगायतका ठाउँमा हान्दा मनबहादुर गम्भीर घाइते भएका थिए । भिनाजुको कुटाइले घाइते सालाको आइतबार साँझ मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाले बताए ।

सालालाई कुटपिट गर्ने भिनाजुलाई ज्यान उद्योग मुद्दामा जिल्ला अदालतले गत साउन २२ गते पुर्पक्षका लागि जिल्ला कारागार चलान गरेको खनालले बताए । घाइते साला पश्चिमाञ्चल अस्पताल पोखरा उपचारपश्चात् घर फर्के पनि घाउमा किरा परेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्