लायन्स क्लब अफ काठमाडौँ आस्थाकुञ्जको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ –  लायन्स क्लब अफ काठमाडौँ आस्थाकुञ्जको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान सबैभन्दा ठुलो दान भएको भन्दै सोमबार काठमाडौँको न्यूरोडमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । देशभरमा रगत अभाव भइरहेको बेला आज क्लबले रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ काठमाडौँ आस्थाकुञ्जका प्रेसिडेन्ट पार्वती भट्टले बताउनुभयो । उहाँले नेपालीहरुको महान चाडपर्वहरुमा विरामी बढ्ने भएकाले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।


कार्यक्रममा सहभागी हुदैँ काठमाडौँ महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष चिनिकाजी महर्जनले काठमाडौँ महानगरपालिकाभित्र अब रगत किन्न नपर्ने र निशुल्क दिने महानगरको निर्णय समेत भएको जानकारी गराउनुभयो ।

लायन्स क्लब अफ काठमाडौँ आस्थाकुञ्ज उपाध्यक्ष दिपक सापकोटाले क्लवले स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्यहरु सँगै रक्तदान कार्यक्रम पनि गर्दै आईरहेको बताउँदै उहाँले यस्ता कार्यक्रम गरी कसैको जीवन जोगाउनका लागि यस्ता कार्यक्रमहरु आवश्यक रहेकोले आफु पनि रक्तदानमा सहभागी भएको बताउनुभयो ।


कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ रक्तदाता समुहका संस्थापक अध्यक्ष केदार प्रसाद न्यौपानेले महानगरको निर्णयलाई प्रशंसा गर्नुभयो । दान गरेको रगत निशुल्क पाउनुपर्ने आफुहरुको माग समेत सम्बोधन भएको स्मरण गर्नुभयो ।
लायन्स क्लबको मुख्य उद्देश्य समाज सेवा गर्ने हो । क्लबले खासगरी शिक्षा, स्वास्थ्य र प्राकृतिक विपद्को समयमा सहयोग गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्