इजरायलमा समस्यामा परेका नेपालीहरुबारे निर्णय लिन परराष्ट्र मन्त्रालयमा बैठक जारी

काठमाडौं – इजरायलमा भइरहेको द्वन्द्वका कारण समस्यामा परेका नेपालीहरुबारे जानकारी तथा आवश्यक निर्णय लिन परराष्ट्र मन्त्रालयमा बैठक बसिरहेको छ ।  मन्त्री एनपी साउद नेतृत्वको समन्वय संयन्त्रको बैठकमा इजरायलको वस्तुस्थितिको समग्र मूल्यांकन गरी नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उद्धारसमेत गर्ने निर्णय लिने  छ ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवहरुसहितको बैठकले मन्त्री साउदको नेतृत्वमा समन्वय संयन्त्र गठन गरेको थियो । सोही बैठकले इजरायलमा मृत्यु भएका नेपालीहरुको शव ल्याउन र समस्यामा परेकाहरुलाई उद्धार गर्न पहल सुरु गर्ने निर्णय गरेको थियो । घर फर्किन इच्छुकहरुलाई नेपाल फर्काउने प्रक्रियाका लागि अनलाइन रजिष्ट्रेसन सुरु गर्ने मन्त्रालयले तयारी गरेको छ ।

मन्त्रालयले इजरायलको तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सम्पर्क विवरण सार्वजनिक गर्दै उनीहरुसँग सम्पर्कमा रहन र सजगता अपनाउन इजरायलमा रहेका नेपालीहरुलाई अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्