कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक घाइते

कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। शुक्रवार राति १० बजेको समयमा  दुर्घटनामा भएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार जिल्लाको दोधाराचादनी नगरपालिका–६ मा दुर्घटना भएको हो। प्रहरीका अनुसार म १ प २४६८ नम्बरको मोटरसाइकल र से २ प १४५२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको बताएको छ।

उक्त दुर्घटनामा परेर सोही ठाँउका २५ वर्षीय चालक गोपाल सुनारको घटनास्थलमै मृत्यु भएको छ भने अर्का चालक घाइते भएका छन्। घाइतेको अहिले भारतमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्