नेशनल प्याबसन केन्द्रिय समितिको अध्यक्षमा सुवास न्यौपानेद्वारा पदभार ग्रहण

काठमाडौँ – नेशनल प्याबसन केन्द्रिय समितिको अध्यक्षमा सुवास न्यौपानेले पदभार ग्रहण गर्नुभएको छ । शनिवार काठमाडौँमा आयोजित पदस्थापन कार्यक्रममा अध्यक्ष न्यौपानेले १८ महिना कार्यकालका लागि सपथ लिनुभएको छ । डेढ बर्ष पहिला समितिको सातौँ अधिवेशन नेपालगञ्जमा सम्पन्न भएको थियो । जसमा अध्यक्ष पदमा सुवास न्यौपाने र निवर्तमान अध्यक्ष पाण्डव हमालको उम्मेदवारी परेको थियो । जसमा दुबै पक्षले पछि नहट्ने अडान लिएपछि तीन बर्षे कार्यकाललाई बाँडफाँट गरिएको थियो । जसमा पहिलो १८ महिना पाण्डव हमाल अध्यक्ष रहने र दोस्रो १८ महिना सुवास न्यौपाने अध्यक्ष रहने गरि सहमति भएको हो । सोहि अनुरुप दोस्रो १८ महिने कार्यकालका लागि सुवास न्यौपानेले अध्यक्ष पदको पदभार ग्रहण गर्नुभएको छ ।


पदभार ग्रहणका क्रममा अध्यक्ष न्यौपानेले संस्थालाई मजबुद बनाउने र एकता कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आर्थिक सुशासन लगायत कार्यालय भवन निर्माणलाई समेत अघि बढाउने प्रतिबद्धता जनाएको भएको छ । यसैगरी उहाँले कार्यालय भवन निर्माणका लागि आफ्नो व्यक्तिगत तर्फबाट पाँच लाख आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
पदस्थापन कार्यक्रममा नेशनल प्याब्सन केन्द्रिय समतिका पदाधिकारी, प्रदेश समितिका अध्यक्ष, जिल्ला समिति अध्यक्ष, नगर समिति अध्यक्ष लगायत नेशनल प्याबसन सँग आवद्ध पदाधिकारीहरु उपस्थित भएका थिए । कार्यक्रममा सबै पदाधिकारीहरुले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । तर पदस्थापन कार्यक्रममा पहिलो १८ महिने कार्यकालका लागि अध्यक्षको जिम्मेवारी सम्हालेका तथा निवर्तमान अध्यक्ष पाण्डव हमाल भने अनुपस्थित रहनुभएको थियो । उहाँले आफु जिम्मेवारीबाट नहट्ने संकेत देखाएपछि असन्तुष्ट हुदैँ सहभागी नभएको वक्ताहरुको मन्तव्यबाट प्रष्ट हुन जान्छ । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले निवर्तमान अध्यक्ष हमालप्रति कटाक्ष गरेका थिए पनि केहि योगदानको पनि चर्चा गरेका थिए ।


वर्तमान अध्यक्ष सुवास न्यौपानेले कुपण्डोलमा रहेको नेशनल प्याबसनको केन्द्रिय कार्यालयमा पुगेर समेत पदभार ग्रहण गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्