पहिलो पटक डेउडा आईडल २०८० हुने

काडमाडौं –  डेउडा सांस्कृतिक मञ्चको आयोजनामा पहिलो पटक डेउडा आईडल २०८० हुने भएको छ ।  शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डेउडा सांस्कृतिक मञ्चले कार्यक्रम बारे जानकारी दिएको हो । सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा संस्कृतिसँगै भेषभुषाको जगेर्ना गर्ने उद्धेश्यले कार्यक्रम आयोजन गर्न लागिएको आयोजकले जनाएको छ ।

डेउडा आईडलको अडिसन कर्णाली र सुदूरपश्चिमका १९ जिल्लामा संचालन हुने छ । प्रत्येक पालिकामा प्रतिभा छनोटका लागि अडिसन हुने आइडलका संयोजक महेश कुमार औजीले जानकारी दिए । डेउडा आईडलको प्रायोजन हिमाल डेन्टल हस्पिटल गरेको छ ।

लामो समयको प्रयासपछि देउडा आईडल गर्ने अवस्थामा पुगेको औजीको भनाइ थियो । यस्तै गायक तथा संगीत साधक तिलक सिंह पेलाले डेउडा आईडल मानसखण्डको संस्कृतिलाई संरक्षण गर्नका लागि कोसेढुंगा सावित हुने बताए ।  डेउडा आईडलको पुरस्कार राशी भने खुलाइएको छैन । आईडलको निर्णायक मण्डलमा नन्दकृष्ण जोशी, तिलक सिंह पेला र टिका पुन रहने छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्