प्रधानमन्त्री ओली र ओमानका राजकुमारबीच टेलिफोन वार्ता

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले ओमानका राजकुमार शैयद फहाद विन महमुद अल सइदसँग टेलिफोन वार्ता गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) महामारी विश्वभर फैलिरहेका बेला त्यहाँस्थित नेपाली नागरिकको सुरक्षाका बारेमा प्रधानमन्त्री ओलीले टेलिफोन गरी जानकारी लिएका छन् ।

“ठूलो सङ्ख्यामा नेपाली कार्यरत खाडी क्षेत्रका नेतासँग संवाद गर्ने क्रममा मेरो ओमान सरकारका हिज हाइनेससँग कुराकानी भयो । त्यहाँ कार्यरत नेपालीलाई ओमानको सुरक्षा र सहयोग रहिरहनेमा उहाँले मलाई निश्चिन्त पार्नुभएको छ” कुराकानीपश्चात् सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले ओमानमा कार्यरत नेपालीले इमानदार र परिश्रमीका रूपमा ओमानको विश्वास जितेको जानकारी पाउँदा आफूलाई खुसी लागेको छ भने । परराष्ट्र मन्त्रालयका अनुसार ओमानमा २५ हजार नेपाली कार्यरत छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्