बाँकेको बालसुधार गृहमा झडप, एक जनाको मृत्यु

काठमाडौँ – बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। जयन्दु बाल सुधार गृहमा गए राति झडप भएको थियो। झडपमा ११ जना घाइते भएका र एक जनाको उपचारको क्रममा निधन भएको बाँकेकमा प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए।

कपिलवस्तु रुद्रपुरका सुलभ केसीको मृत्यु भएको बताइएको छ। उनी अपहरण, शरिरबन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा थिए।

झडपमा १० जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ। दुई पक्ष झडपमा उत्रँदा बालसुधार गृहको अवस्था रातभर तनावपूर्ण बनेको थियो। जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी सन्तोष सिंह राठौरका अनुसार  स्थिति अहिले पनि नियन्त्रणमा आइसकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्