कञ्चनपुरको शुक्लाफाँटा-८ मा हात्तीको वितण्डा, धानवाली समेत सखाप

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटामा हात्तीले धानबालीमा क्षति पुर्‍याएको छ । वडा नं. ८ को पारिफाटा, भमरभोज, बेल्डाँडी, मणिकाधाम टोल लगायतका क्षेत्रमा हात्तीको झुण्ड नै प्रवेश गरि धानवालीमा क्षति पुर्‍याएको हो ।

वडा अध्यक्ष बहादुर सिँह महराले दैनिक हात्ति अपडेट दिदैँ आइरहेका छन् सोहि अनुरुप स्थानीयहरु सतर्क रहने र हात्ती धपाउने कार्यमा जुट्ने गर्दछन् । वडा कार्यालय तथा बैजनाथ सामुदायिक वन उपभोक्ता समुहबाट साइरनको समेत व्यवस्था गरिएको छ । हात्ती आएको खण्डमा साइरन बजाउने र स्थानीलाई जानकारी दिने गरिएको छ ।

बैजनाथ सामुदायिक वनमा सिसि क्यामेरा समेत जडान गरिएको छ । सिसी क्यामेराको निगरानीबाट हात्तीको सूचना दिने गरिएको वडा अध्यक्ष महराले बताए । हात्तीको झुण्डले किसानको धानबाली नष्ट गरेको छ । उपहार खबरसँग कुरा गर्दै वडाध्यक्ष महराले किसान त रातभरी डिउटी गर्दछन तर आफु पनि सिसि क्यामेराको निगरानी तथा हात्ती धपाउन र स्थानीयलाई सूचना दिन दैनिक डिउटी दिनुपरेको बताए ।

मध्यरातमा खेतमा पसेको हात्तीको झुण्डले खुट्टाले कुल्चेर तथा खाएर धानबाली नष्ट गर्ने गरेको छ । हात्ती नियन्त्रणमा सबै सरोकारवाला निकायले ध्यान दिन सकेन भने किसानले यस्तै हैरानी निरन्तर खेप्नुपर्नेछ भने खेतीपातीमा समेत ठुलो क्षति पुग्ने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्