चिर्पट प्रहार गरी छोराले गरे बुबाको हत्या

कपिलवस्तु – कपिलवस्तुमा चिर्पट प्रहार गरी छोराले बुबाको हत्या गरेको छ । सोहि आरोपमा प्रहरीले मृतकका छोरा २६ वर्षीय विकास परियारलाइ पक्राउ गरेको छ।

उनीहरुको घर कपिलवस्तु वाणागंगा नगरपालिका–८ पुलचोक हो । विकासलाइ सोमबार राति इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले पक्राउ गरेको हो।

घरयासी विवादका क्रममा उनले ६० वर्षीय बुबा बलबहादुर परियारलाई चिर्पट प्रहार गरी घाइते बनाएका थिए। उपचारको क्रममा सामुदायिक अस्पतालमा मृत्यु भएपछि विकासलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्