नेसनल प्याब्सन भक्तपुरको अध्यक्षमा पुनः संजय खड्का निर्वाचित


भक्तपुर – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरको अध्यक्षमा पुन: संजय खड्का निर्वाचित भएका छन् । शनिवार सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट मदरल्याण्ड स्कूलका संचालक/प्रिन्सिपल संजय खड्काको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको हो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा शिव कृष्ण कवां र उपाध्यक्षमा राम प्रसाद खाताखोलाई निर्वाचित गरेको छ भने सचिवमा कुमार थापा मगर र सहसचिवमा दिनेश शाक्य निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा बिक्रम थापा र सह-कोषाध्यक्षमा रत्नबहादुर राई निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरुमा भने प्रतिमा माक, सुमन शिल्पकार, कमल सुवाल, रमेश प्रसाद सिटौला, शर्मिला खड्का र अशोक श्रेष्ठ रहेका छन् । अधिवेशनको बन्द सत्रबाट कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
शनिवार बिहान नगरकोट स्थित हिमालयन ग्लासियरमा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालले जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष हमालले नेशनल प्याब्सनले विद्यालय संचालकका समस्याहरु समाधान गर्न र देशमा शिक्षाको जग बलियो बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको जिकिर गरेका थिए । उनले भक्तपुर जिल्ला शाखामा सबैभन्दा एकताबद्ध रहेको प्रति सन्तोष व्यक्त गर्दै एकतामा नै बल हुने बताए । सदस्यहरुको समस्या र शिक्षाको समस्या सामाधान गर्न जिल्लालाई केन्द्रले सहयोग गर्ने बताउदै उनले केन्द्र पनि आफ्ना शाखा र सदस्यहरुको सक्रियताले नै सक्षम र जीवन्त बन्ने बिचार व्यक्त गरेका थिए ।
उद्घाटन सत्रमा नेशनल प्याब्सनका केन्द्रीय पदाधिकारीहरु उपाध्यक्ष शम्भु अधिकारी र डम्बर कार्की त्यसैगरी सचिव विष्णु पराजुली, सह कोषाध्यक्ष विक्रम ढुकुछु, सदस्य जिबि खड्का साथै बागमती प्रदेश अध्यक्ष नारायण कुमार कार्की र उपाध्यक्ष पुण्यराम कवांले मन्तव्य दिनु भएको थियो ! त्यसै गरी काठमाडौं जिल्ला अध्यक्ष अमृत खड्का र ललितपुरका उपाध्यक्षले समेत मन्तब्य राखेका थिए ।  कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तकको पनि शुभकामना दिनु भएको थियो !
उक्त अवसरमा भक्तपुरका सास्कृतिक सम्पदा संरक्षणविद् रविन्द्र पुरीलाई विशेष सम्मान समेत गरिएको थियो भने सदस्य विद्यालयहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्