प्रचण्ड सरकार पाँच वर्ष चल्न सक्छ: शशांक कोइराला

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन्। आइतबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताए।

‘मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ,’ सरकारको स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै उनले भने। स्थायित्वले मात्रै देशको विकास सम्भव रहेकाले पार्टीभित्रको खिचातानी सरकारमा हुन नहुने उनको भनाइ छ।

विगतमा कतिपय समझदारी भएर पनि तोडिएको प्रसंग उल्लेख गर्दै उनले प्रचण्ड साधारण व्यक्ति नभएको बताए। तर नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बीचको तिक्तताका कारण पुनः एमालेसँग मिल्न जान सक्ने अवस्था नभएको उनले जिकिर गरे।

सम्भावना नेपालमा धेरै कुराको हुने भएकाले अब कांग्रेस एक्लै हिँड्नुपर्ने उनले बताए। ‘कांग्रेस सकेसम्म एक्लै जाने हो, कसैसँग मिल्नु छ भने अहिले मिलिराखेको छ भइहाल्यो,’ उनले भने, ‘मेरो दृष्टिकोणमा कांग्रेसले ठूलो पार्टी भए पनि प्रतिपक्षको नेतृत्व गरेको भए हुन्थ्यो।’

सच्चा कांग्रेस एक भएर लाग्नुपर्ने समय आएको कोइरालाको भनाइ छ। ‘इतिहास बलियो, सिद्धान्त राम्रो र परिवर्तनको महत्त्वपूर्ण भूमिका खेलेको कांग्रेस एक्लै अघि बढ्नुपर्छ,’ उनले भने। रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्