पाठेघरको मुख्यको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउनु सुरु

Photo: Gorkhapatra

काठमाडौं – पाठेघरको मुख्यको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउनु सुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधबार काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा एक कार्यक्रमकाबिच सो खोप लगाउने कार्यको शुभारम्भ गर्नुभएको हो ।

योसँगै यो खोप सेवा आजैबाट सबै प्रदेशका सङ्घीय अस्पतालहरूबाट पनि सुरु हुनेछ । मन्त्री बस्नेतले ऐतिहासिकता तथा योगदानलाई ख्याल गरेर परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाटै सो खोपको सुरुवात गर्ने निर्णय लिइएको बताउनुभयो । उहाँले तत्कालका लागि सीमित स्रोत र साधन भए पनि छिट्टै सो खोप सबै किशोरीहरूले पाउने गरी सरकारले आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । मन्त्री बस्नेतले यो खोप सबै जिल्लामा पुग्नुपर्ने उल्लेख गर्दै त्यसका लागि आफूले पहल गरिरहेको समेत बताउनुभयो ।

‘‘महिलाका लागि यत्रो जघन्य रोगका विरुद्धमा हामी यो भ्याक्सिन दिँदैछौं । नेपालको इतिहासमा सबैभन्दा महिलाको सेवा गरी आएको अस्पताल यही अस्पताल हो । त्यसकारणले यसको ऐतिहासिकता र यसले गरेको योगदानको आधारमा हामीले प्रसूति गृह अस्पतालबाटै यो सुरुवात गर्नु यो न्याय हुन्छ भनेर यहाँबाट शुभारम्भ गर्ने भनेर हामीले निर्णय ग¥यौँ ।

अब यसमा दुर्गम जिल्ला र प्रदेशलाई पनि हामीले हेर्नुप¥यो । मधेश त्यस्तै छ । त्यसैले जति पुग्छ, सात वटै प्रदेशबाट सुरु गर्ने र हामीले हाम्रो मन्त्रालयले सबैलाई समान व्यवहार गर्नु पर्छ भन्ने हिसाबले सात वटै प्रदेशमा गर्नुपर्छ भनेर आज कर्णाली प्रदेशमा चाहिँ सङ्घीय अस्पताल नभएको कारणले सुर्खेतबाट र अरू सङ्घीय अस्पतालहरूबाट आज सुरु हुँदैछ ।,’’ मन्त्री बस्नेतले भन्नुभयो, ‘‘यो अत्यन्तै जटिल रोग, जटिल समस्या र यसलाई जति न्यूनीकरण गर्दा पनि अझै भयावह देखिएको अवस्था भएको हुनाले यो रोग नलागोस् भन्नका लागि जुन हामीले अहिले सीमित रोगको सीमित साधनको हिसाबले सुरुवात गरेका छौँ । म के पनि निवेदन गर्न चाहन्छु भने उमेर समूहलाई ध्यानमा राखेर दिइने खोप हो । यो सबै ७७ वटै जिल्लाका सबै महिलाहरूले पाउनुपर्दछ ।

सबै किशोरीहरूले पाउनुपर्दछ । र यसका लागि नेपाल सरकार अथवा स्वास्थ्य मन्त्रालयले पनि यसको पहल गर्छ । उहाँहरूले पनि २०२४ बाट हामीलाई सहयोग गर्नुहुन्छ । यो निकट भविष्यमा नेपालका किशोरीहरूले यो भ्याक्सिन पाउनुपर्ने हुन्छ । त्यसका लागि स्वास्थ्य मन्त्रालय दृढताका साथ अगाडि बढ्छ ।’’

मन्त्री बस्नेतले सो खोप सबै जिल्लामा उपलब्ध गराउन आफूले सम्बन्धित निकायसँग कुरा गरिरहेको पनि बताउनुभयो । सो अस्पतालमा अनुसार यो खोप १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लगाउन लागिएको हो । सरकारले सोही उमेर समूहका किशोरीहरुलाई लक्षित गरेर हाल २० हजार भाइल खोप निर्यात गरेको छ । यो खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनुपर्ने हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्