प्रधानमन्त्री लगायत अन्य नेताहरुले सुवाषचन्द्र नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले स्वर्गीय सुवाषचन्द्र नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । एमाले केन्द्रीय कार्यालयको प्राङ्गणमा पुगेर उहाँको पार्थिव शरीरमा प्रधानमन्त्री दाहालले अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

यसअघि एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गर्नुभएको थियो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपप्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, सांसदहरुले पनि स्वर्गीय नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्