नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने, अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं – संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत सरकारले गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङ इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत हुन् । उनको गए राति हृदयघातका कारण काठमाडौँमा निधन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्