शैल्यशिखरका वडा सचिव कपाडीको सडक दुर्घटनामा परि निधन

दार्चुला – दार्चुलामा एक वडा सचिव सडक दुर्घटनामा परि निधन भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर २ का वडा सचीव खेमराज कपाडी सोमबार मृत फेला परेका छन् । शैल्यसिखर नगरपालिका–२ रौतेउडाका २८ बर्षीय कपाडी बैतडीको दोगडाकेदार गाउँपालिका ५ सल्सेनामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान डडेल्धुरा रीड परियोजनाको तालिममा सहभागी हुन पल्सर २२० सिसिको मोटरसाइकलमा सवार थिए । उनको खोजी गर्दा सल्सेनामा मृत फेला परेका हुन् ।

मोटरसाइकल सडकभन्दा १५० मिटर तल भेटिएको छ भने उनको शव मोटरसाइकल भन्दा थप ५० मिटर तल भेटिएको छ । घटनाबारे अनुसन्धान भैरहेकोछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्