त्रिभुवन विमास्थलका कर्मचारी आन्दोलनमा, आजदेखि भन्सारका सबै काम ठप्प

काठमाडौं – त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी ५ बुँदे माग सहित आन्दोलनमा उत्रेका छन् ।

सुन तस्करी प्रकरणमा कर्मचारीहरुलाई अनावश्यक दुख दिएका कारण काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले सेवा ठप्प पार्ने चेतावनीसहित आन्दोलन घोषणा गरेका हुन् ।

आइतबार विरोध स्वरुप भन्सारका कर्मचारीहरुले तीन घण्टा पेन डाउन गरेका थिए । विमास्थल कर्मचारीहरुले सोमबार र मंगलबार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारी सम्बन्धी सम्पूर्ण कार्य पूर्णरुपमा बन्द गर्ने भएका छन् ।

माग पूरा नभए आगामी बुधबार यात्रु जाँचपास शाखाबाट हुने कामहरु समेत रोक्ने चेतावनी पनि उनीहरुले दिएका छन् । यसअघि उनीहरूले सामुहिक सरुवाको माग समेत गरेका थिए । विद्युतीय चुरोट मार्फत ९ किलो र ब्रेकशु मार्फत ६१ किलो सुन तस्करी भएको प्रकरणमा भन्सारका कर्मचारीहरु पक्राउ पर्न थालेपछि उनीहरु विरोधमा उत्रिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्