आज लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्य ठाउँको मौसम कस्तो ?

काठमाडौँ  – आज लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् गंगा नगरकोटीका अनुसार अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । तर, दिउँसो पछि हल्कादेखि मध्यम पानी पर्न सक्ने अनुमान छ । नेपालमा अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ ।

यस्तै, भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसमविद्ले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्