शंकर ग्रुपका सन्चालक शुलभ अग्रवाललाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । मंगलबार स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा अग्रवाल पक्राउ परेका थिए ।

शंकर ग्रुपका सन्चालक अग्रवाललाई ज्वरो नाप्ने थर्मल गनलगायतका स्वास्थ्य सामग्री चीनबाट ल्याएर महँगोमा बेचेको आरोप लागेको छ । यद्यपि उनले प्रहरीलाई प्रारम्भिक वयान दिँदा सो आरोप अस्वीकार गर्दै आएका छन् ।

उनले आफ्ना कर्मचारीहरुका लागि आवश्यक स्वास्थ्य सामग्री लकडाउन अघि नै काठमाडौंको न्यूरोडबाट किनेको बताएका छन् । उनी कूटनीतिक नियोगको गाडी चढेर स्वास्थ्य सामग्री बिक्रीका लागि नक्साल पुगेको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीको दाबी छ ।

उनीमाथि लागेको आरोप पुष्टि भएमा उनलाई विगो जफत र विगो बराबरको जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायँ हुने सुरक्षा स्रोतले बतायो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्