तीज नृत्य प्रतियोगिताको उपाधी अर्किड स्कुललाई

काठमाडौँ –नेक्सस स्कुलले आयोजना गरेको तीज विशेष नृत्य प्रतियोगिताको उपाधी अर्किड प्युपल सेकेन्डरी स्कुलले जितेको छ ।
२२ भन्दा बढी स्कुल सहभागि प्रतियोगीताको उपाधी अर्किडले जितेको हो । अर्किड स्कुलकी नृत्य निर्देशक विनिता लामाको कोरियोग्राफीमा सहभागी छात्राहरुमा करुणा कटुवाल, रोजिता खड्का, कृतिका गौतम, सेविका घिमिरे, सोनिया लामा, चासुम राई, स्नेहा पुरी, दिप्सना थापा, आयुषा कटवाल, रिस्ता राई, अनिता तामाङ, सिर्जना जैसी र सेविका बस्नेतले प्रथम स्थान हात पार्न सफल भएका हुन् ।

उनीहरुले नगद पुरस्कार १० हजारका साथै ट्रफि तथा मेडल प्राप्त गरेको स्कुलका अतिरिक्त क्रियाकलाप संयोजक सरोज तामाङले जानकारी दिनुभयो । विद्यार्थीको तिव्र लगनशीलता र मेहनेतले र कोरियोग्राफरको निर्देशनले उत्कृष्ट नतिजा हात पार्दा सिंगो विद्यालय परिवार खुसीले गदगद भएको विद्यालयका संयोजक नरेन्द्र पाण्डेयले जानकारी दिनुभयो ।

अर्किड स्कुलले नृत्यको क्षेत्रमा नानीबाबुहरुलाई पढाई सँगसँगै जोडेको तथा नृत्यलाई शैक्षिक गतिविधिसँग प्रत्यक्ष जोडिरहेका कारण विभिन्न संघसंस्थाले आयोजना गर्ने एकल तथा सामुहिक नृत्यमा कुनै न कुनै सफलता निरन्तर भइरहेको विद्यालयका प्रधानाध्यापक सीबी कार्कीले बताउनुभयो । विद्यालय स्थापानाकालदेखि नै नेपाली लोकसंस्कृतिको जगेर्ना गर्ने र विद्यार्थीहरुमा प्रतिस्पर्धात्मक भावना विकसित भएका कारण र स्कुलले हरेक वर्ष अर्किड आइडल नृत्य प्रतियोगिता संचालन गरिरहेका कारण पनि विद्यार्थीहरु नृत्यकलामा अब्बल रहन सम्भव भएको र यसका अतिरिक्त अन्य विविध प्रतियोगिताहरुमा समेत विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याइरहेको विद्यालयका निर्देशक प्रेमकुमार भुजेलले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्