पत्रकार र सरोकारवाला बिच लैङ्गिक समानताका सम्बन्धी छलफल

बझाङ – बझाङमा आज लैङ्गिक समानताका सवाल सम्बन्धी पत्रकार र सरोकारवालाबीच छलफल भएको बुधवार सदरमुकाम चैनपुरमा दलित सहयोग समाजको आयोजना र यूनाईटेड मिसन टू यूएमएन बझाङको आर्थिक सहयोगमा सञ्चालित समान ब्यवहार परियोजना लैिङ्गक समानता सवाल समन्धी पत्रकार र सरोकारवालाहरु विच भएको अन्तरक्रिया कार्यक्रमका बिच लैङ्गिक समानताका सवाल सम्बन्धी लैङ्गिक हिंसाविरुद्ध कसरी न्युनिकरण गर्न भने बिषयमा छलफल गरिएको थियो।

कार्यक्रममा जयपृथ्वी नगरपालिका नगर उपप्रमुख रतन बहादुर सिंहले भने, ‘हामिले सार्वजनिक कार्यक्रमहरुमा लैिङ्गक समानता सवाल समन्धी विभिन्न कार्यक्रमहरुमा महिला हिङ्सा न्युनिकरण गरिने भनिएतापनी व्यावाहारमा भने कसैले पनी लागु नगर्ने समाजमा पुस्तौ देखी भयावह अवस्थामा रहेका छाउपडी प्रथा छुवाछुत कूरीती कुसस्कार हरु हटाउन स्थानियह सरकार सँघ सस्था र स्थानियहरु लगाएत हामी सवै मिलेर हटाउन एक जुट हुनुपर्छ ।’

नगरपालिकाले वालविवाह न्युनिकरण गर्न सिएसडव्लु राखेको र समस्याहरुलाई समाधान गर्न प्रत्येक वडाहरुमा मेलमिलाप केन्द्र गठन गरेको पालिकामा महिला समन्धी आउने विभिन्न खाले केशहरु समाधान गर्न लागी परेको र सेभहाउमा आउने पिडित महिलाहरुलाई सिप सिकाउने उदेश्यले प्रशिक्षक पनी राखेको र जटील केशहरु विभिन्न सँघ सस्थाहरु र माथिल्लो निकायहरुमा पठाउने गरेको बताए ।
कार्यक्रममा जिल्लामा रहेका विभिन्न गैरसरकारी सँघ सस्थाहरुले धेरै काम गरेको भएतापनी कार्यक्रम लागु भएको वेला मात्रै हुने र कार्यक्रम सकिएपछी कुनै पनी प्रतिफल नआउने भएकाले ति कार्यक्रमहरुलाई स्थगनिय सरकारले अपनत्व लिनुपर्ने कार्यक्रमको प्रभावकारीता पछी सम्म हुनुपर्ने कार्यक्रम को बारेमा पत्रकार महासंघका पदाधिकारी लाइ समन्वय गरेर संघ संस्था ले काम गरे झैन प्रभावकारी हुने पत्रकार महासंघ बझाङका अध्यक्ष शैलेन्द रोकायाले बताए । आगामी दिनहरुमा जिल्लाका पत्रकारहरु सँग समन्य सहकार्य गरी अगाडी वढ्ने र साझेदार सस्थाहरुवाट भएको राम्रा नराम्रा कामहरु निसपक्ष रुपमा समचार सम्प्रेसण गरी समाजलाई अगाडी बढाउनुपने यूएमएन बझाङका टिम लिडर चन्द्र भण्डारीले बताउनुभयो । भण्डारीले भने पत्रकार समाजको ऐना भएकाले समाजमा के भईरहेको छ त्यसको निगरानी गरी सत्यतथ्य वाहिर ल्याउनु पत्रकारको धर्म भएको बताए ।

त्यस्तै कार्यक्रमा दलित सहयोग समाजका अध्यक्ष मोहनलाल विकले भने सस्थाले वुगल नगरपालिका का तिनओटा वडाहरु वडा नँ–९ १० र ११ वडाहरुमा कार्यक्रम सञ्चालनमा रहेको र कार्यक्रमवाट प्रभावित व्याक्तिहरु उत्पादन क्षेत्रसँङ्ग जोडिएको हुदा कार्यक्रम एकदमै राम्रो हुने अपेक्षा लिएको बताए । कार्यक्रममा उपस्थिति रहेका ब्यतिहरुले लैङ्गिक समानताका सवाल सम्बन्धी कार्यक्रम मात्र नभएर सबै ठाउँमा यो कुरा लाइ लागु गर्न सुझाव सल्लाह र जानकारी दिएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्