कोरोना अपडेटः संक्रमितको संख्या साढे १४ लाख नजिक, ८२ हजार भन्दा बढीको मृत्यु

काठमाडौँ – विश्वभरी कोरोना भाइरस (कोभिड–१९) बाट १४ लाख ३१ हजार ६ सय ८९ जना संक्रमित भएका छन् भने ८२ हजार ७४ जनाको मृत्यु भएको छ भने ३ लाख २ हजार १ सय ४५ जना उपचार पछि निको भएर घर फर्किएका छन् त्यस्तै १० लाख ४७ हजार ४ सय ७० जनाको उपचार भइरहेको छ । उपचार भइरहेकाहरु मध्ये ४७ हजार ६ सय ९१ जनाको अवस्था गम्भिर रहेको वल्र्डोमिटरको पछिल्लो आकाडाले देखाएको छ ।

कोरोनाबाट सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । अमेरिकामा ४ लाख ४ सय १२ जना संक्रमित छन् भने १२ हजार ८ सय ५४ जनाको मृत्यु भएको छ । त्यस्तै स्पेनमा १ लाख ४१ हजार ९ सय ४२ जना संक्रमित छन् भने १४ हजार ४५ जनाको मृत्यु भएको छ । इटालीमा १ लाख ३५ हजार ५ सय ८६ संक्रमित भएका छन् जसमध्ये १७ हजार १ सय २७ जनाको मृत्यु भइसकेको छ । अहिले सम्म इटालीमा नै सबै भन्दा बढी मानिसको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ९ हजार ६९ जना संक्रमित भएका छन् भने १० हजार ३ सय २८ जनाको मृत्यु भएको छ । त्यस्तै जर्मनीमा १ लाख ७ हजार ६ सय ६३ जना संक्रमित भएका छन् भने २ हजार १६ जनाको मृत्यु भएको वल्र्डोमिटरको पछिल्लो आकाडाले देखाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्