अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका–८ रूद्रमती डेरा गरी बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका–१३ घर भएका २६ वर्षीय विशाल बुढाथोकीलाई अवैध लागूऔषध ब्राउनसुगर १३ ग्राम ५ मिलिग्राम, २ थान मोबाइल र नगद २१ हजार रूपैयाँसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्रामसहित बुढानिलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी मैनाली पुल नजिकबाट पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उनको डेरा कोठाबाट थप १२ ग्राम ५ मिलिग्राम लागूऔषध फेला परेको हो ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ५ सय ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा कालिकामाई गाउँपालिका–१ भेडियारी बस्ने ३५ वर्षीय लालबाबु आलम र पर्सा वीरगंज महानगरपालिका–१५ लक्ष्मणवा बस्ने ३५ वर्षीय शेख सिकन्दर मिँया रहेका छन् । ईलाका प्रहरी  कार्यालय सिमाराबाट खटिएको प्रहरीले ना.५२ प ५१४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका–२ सेतु बिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका–१ धम्बोझी बस्ने ३२ वर्षीय सेराज खानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्