कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

सांकेतिक तस्बिर

धनगढी – कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो बेलडाँडी गाउँपालिका-१ को हुलाकी राजमार्गमा सुुुपप्र०२००३प ७२११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३६ वर्षीय सुनिल सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सार्कीले चलाएको मोटरसाइकल सडकमा रहेको खाल्डोमा परेर अनियन्त्रित भएर दुर्घटनामा परेको हो । गम्भीर घाइते भएका सार्कीको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्