भक्तपुरको सूर्यविनायक गौरीशङ्कर टोलमा नवनिर्मित हनुमन्तेश्वर महादेव मन्दिरको प्राण प्रतिष्थापन

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका ३ मा रहेको ब्रम्हनगर, गौरीशङ्कर टोलमा नवनिर्मित हनुमन्तेश्वर महादेव मन्दिरको प्राण प्रतिष्थापन गरिएको छ ।

आइतबार उक्त मन्दिरको ९१ वर्षीय समाजसेवी कोमल विक्रम राणाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूजा तथा प्राण प्रतिष्थापन गरी मन्दिरको शुभारम्भ गरिएको हो । आइतबार भएको यज्ञमा प्रमुख अतिथि राणाले पहिलो चरु हवन गरेपछि मन्दिरको पूजा सुरु गरिएको थियो ।

विभिन्न दानवीर दाताहरूको आर्थिक सहयोग एवम् जग्गा दान बाट निर्मित उक्त मन्दिरको लागत विवरण भने सङ्कलन भइरहेको र कहिदिनमा सार्वजनिक गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

उक्त मन्दिरमा अव नियमित पूजा पाठ र धार्मिक अनुष्ठान हुने र यसको औपचारिक उद्घाटन भने भव्य समारोहबिच गरिने पनि मन्दिर व्यवस्थापन समितिका सदस्यले जनाकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्