सामाजिक सद्भावमा खलबल पार्ने अभिव्यक्ति र कार्यलाई सरकारले छुट दिँदैनः प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सद्भावमा खलबल पार्ने अभिव्यक्तिलाई कुनै हालतमा छुट नदिने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद ईश्वरीदेवी न्यौपानेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सामाजिक सद्भावमा खलबल पार्ने कार्यलाई सरकारले कुनै हालतमा छुट नदिने बताउनुभएको हो । उहाँले एकअर्काको धर्म र संस्कृतिबिरुद्ध हुने द्वेषपूर्ण अभिव्यक्ति र कार्यलाई पनि छुट नदिने स्पष्ट पार्नुभयो ।

उहाँले परापूर्वक कालदेखि कायम रही आएको सामाजिक एकता, सद्भाव र सामाजिक सहअस्तित्वमा खलल पार्ने कुनै किसिमको कार्य हुन नदिन सरकार दृढ रहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो – ‘बहुजातिय, बहुसांस्कृतिक विविधता बोकेको नेपालमा सदिऔँदेखि विभिन्न जात, जाति, वर्ण, धर्म र संस्कृतिका जनताहरु आपसी सहकार्य, सम्मान र गहिरो सद्भावका साथ मिलिजुली बस्दै आएका छन् । अनेकतामा एकता नेपाली मात्रको विशिष्टता र नेपाली समाजको आधारभुत चरित्रपनि हो । सबैको सहअस्तित्व कायम गर्दै मौलिकताको संरक्षण र संवद्र्धनमा नै हाम्रो राष्ट्रिय एकता दिगो, दरिलो भइ साँचो अर्थमा राष्ट्रियता बलियो हुनेछ । नेपालको कानूनले हरेक व्यक्ति र सम्प्रदायलाई अरुको धर्म, संस्कृति र आस्थामा चोट नपु¥याइ आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको छ ।

अत्ः परापूर्वक कालदेखि यहाँ कायम रही आएको सामाजिक एकता, सद्भाव र सामाजिक सहअस्तित्वमा खलल पार्ने कुनै किसिमको कार्य हुन नदिन सरकार दृढ छ । स्पष्ट पनि छ । सामाजिक सद्भावमा खलबल पार्ने वा एकअर्काको संस्कृति र धर्म बिरुद्ध हुने द्वेषपूर्ण अभिव्यक्ति र कार्यलाई सरकारले कुनै हालतमा छुट दिन सक्दैन । नेपालको संविधानको पूर्ण पालना गर्नु हामी सबैको साझा दायित्व हो । मैले पहिचानको कुरा गर्दा या कुनै कुरा गर्दा अरु कसैको पहिचान, आस्थामाथि कुनै खालको विभेद नगर्ने कुरा पनि म स्पष्ट गर्न चाहन्छु ।’
उहाँले सुुदूरपश्चिमको राजधानी गोदावरीमा निर्माण गर्ने सन्दर्भमा जग्गा प्राप्ति लगायतको विषयमा प्रक्रियामा रहेको जानकारी गराउनु भयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्