वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा गर्न माग गर्दै धरानमा प्रदर्शन, हजारौँ नागरिक सडकमा (भिडियो)

काठमाडौँ – सुनसरीको धरानमा वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दु धर्मका संघसंस्थाहरुले प्रदर्शन गरेका छन् ।

शनिवार स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर शान्तपूर्ण ¥याली निकालेका विभिन्न हिन्दु संघसंस्थाहरु तरहराको पानीपियामा आन्दोलित भएका हुन् । शुक्रवार मध्यरातिदेखि धरानमा निधेषाज्ञा जारी गरिएको छ । हिन्दु धर्मावलम्वीहरुको प्रदर्शनलाई निधेषाज्ञा क्षेत्र बाहिरै रोक्न सुरक्षा व्यवस्था कडा पारिएको छ । हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा निस्केको ¥यालीमा हजारौं सर्वसाधारण सहभागी छन् । धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रुपमा गोरु काटेर भोज गरिएको बिरोधमा आन्दोलन चर्किएको हो । हिन्दु धर्मावलम्वीहरुले गाई, गोरुलाई आस्थाले पूजा गर्ने गर्दछन् । एक धर्मावलम्वीहरुले अर्को धर्मावलम्वीहरुको आस्थाको केन्द्रमाथि प्रहार गरेको भन्दै कोशी प्रदेशमा यतिबेला आन्दोलन चर्किंदै गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्