दार्चुलाकी राजेश्वरी मृत्यु प्रकण : लटिनाथ क्याम्पसका स्ववियु सभापति पक्राउ, यस्तो भेटियो सुसाइड नोटमा

काठमाडौँ –  कैलालीकाे धनगढी उपमहानगरपालिका–३ चटकपुरमा बस्दै आएकी दार्चुलाकाे मार्मा गाउँपालिका–६ की २२ वर्षीया शिक्षिका राजेश्वरी डडाल मृत फेला परेकी छिन् । डडाल बिहीवार मृत फेला परेकाे प्रहरीले जनाएको छ । यस घटनामा दार्चुलाकै २५ वर्षीय जगदीश कोट्टारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृतकका परिवारले कोट्टारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएकाले पक्राउ गरिएको हो । उनी धनगढीको दीपेन्द्र प्रहरी स्कुलमा कार्यरत थिइन् ।

डडाल र कोट्टारी प्रेम सम्बन्धमा रहेको बुझिएको छ । काेट्टारी दार्चुलाको लटिनाथ क्याम्पसका स्ववियु सभापतिसमेत हुन् । उनी गएको स्ववियु चुनावमा अखिल क्रान्तिकारीबाट सभापति निर्वाचित भएका थिए ।

मृतक डडालले ‘सुसाइड नोट’ समेत लेखेर छोडेको पारिवारिक स्रोतले जनाएको छ ।

भेटियो सुसाइड नोट

राजेश्वरीले आत्माहत्या गर्नुअघि आमा र दिदीलाई सम्बोधन गर्दै लेखेको एउटा सुसाइड नोट फेला परेको छ । सुसाइड नोटमा उनले जगदिशले सिन्दुर दिने ठाउँमा मृत्यु दिएको भन्दै आमा र दिदीसँग माफी मागेकी छन् ।

‘डडेल्धुराबाट म धनगढी आएको थाहा पाएपछि ऊ पनि आएको रहेछ । उसका ती झुट कुरामा मेरो दया, माया पलायो मैले माने । हिजो राति हामी गोदावरी गएका थियौँ । उसले म सिन्दुरले आफ्नी बनाउँछु र कसैले अलग्याउन सक्दैन भनेको थियो । तर खोइ…आफ्नी श्रीमती भन्न यौन सम्बन्ध राख्नुपर्छ रे । यस्तै कुराले म पनि हरेक कुरालाई साँचो मान्दै गए । उपहार मैले मृत्यु पाए,’ सुसाइड नोटमा राजेश्वरीले लेखेकी छन् ।

उनले आमा र दिदीलाई धेरै माया गर्ने तर बताउन नसकेकाले बदनाम भएर बाच्न नसकेको भनेकी छन् । आमा र दिदीलाई क्षमा माग्दै लेखेकी छन्, सरी दिदी, मम्मी हजुरहरुले राम्रो चिताउनु तर मैले के गरे ? कुनै पनि सजाय बढी हुने छैन मलाई ।’

मृतकका बुवा राजेन्द्रले साला नाता पर्ने जगदिशकै कारण छोरीले आत्महत्याको बाटो रोजेकाले कानुन अनुसार कारवाहीको माग गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्