गौरा पर्वकाे अवसरमा सुदूरपश्चिम प्रदेशमा आज र भोलि गते सार्वजनिक बिदा

काठमाडाैं – सुदूरपश्चिमेलीको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वकाे अवसरमा सुदूरपश्चिम प्रदेशमा आज र भोलि गते सार्वजनिक बिदा दिइएको छ ।

जस अनुरूप भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।  गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा ठुलो र महत्त्वपूर्ण पर्व हो । यो वर्ष भने सुदूरपश्चिममा गौरा पर्वलाई लिएर केही तर्क वितर्क राखेका छन् । जसका कारण केही स्थानमा आज पर्व भएपनि केहीले २१ गते मनाउने तयारी गरेका छन् ।

गौरा पर्व शुक्ल पञ्चमीका दिन पाँच प्रकारका गेडागुडी भिजाएर तामाको भाँडोमा राखेसँगै विधिवत् रूपमा सुरु हुन्छ । यसलाई बिरुँडा राखेको भन्ने गरिन्छ । यस्तै दाेस्राे दिन विरूडा धुने र तेस्राे दिन भित्रि गाैरा मनाउने र चाैथाे दिन गाैरा मनाउने गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्