बानेश्वर बुद्धनगरमा भैसीले आतंक मच्चायाे, नियन्त्रणमा लिन महानगर र प्रहरीको टोली परिचालन

FILE PHOTO

काठमाडौं – काठमाडौँको बानेश्वर बुद्धनगर क्षेत्रमा भैसीले आतंक मच्चाएको छ । सडक सडकमा घुमिरहेको भैसिले कुनै घटना घटाउन सक्ने भन्दै त्यसलाई नियन्त्रणमा लिन महानगरको टोली र नेपाल प्रहरीको टोली खटिरह्यो तर पनि भैसिलाई नियन्त्रणमा ल्याउन सकिएन । सुरक्षा परिचालन गरियो मान्छेलाई आवतजावतमा समेत सावधानी अपनाइयो ।
अहिले त्यौ भैसि गल्ली गल्ली चहार्दै बुद्धनगरस्थित ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेको छ भने नियन्त्रणमा लिन प्रहरीले वन कार्यालयको टोलीलाई बोलाएको छ ।

वनका प्राविधिक टोलीले डार्ट गरेर भैंसीलाई नियन्त्रणमा लिने तयारी भइरहेको छ । विद्यालयमा विद्यार्थीलाई हरुलाई कुनै हानी नहोस भनेर विद्यार्थीहरुलाई दोस्रो तलामा सारिएको छ । भैसि विद्यालय परिसरभित्र रहेको गाडी राख्ने ग्यारेजमा शान्तपूर्वक बसिरहेको छ ।
अहिले भैसिलाई नियन्त्रणमा लिने काम भइरहेको छ । भैसि कहाँबाट आएको हो र कसको हो भनि पत्ता लागेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्