कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको –यापिड टेष्ट सुरु

कैलाली – कैलाली र कञ्चनपुरमा कोरोना भाइरस (कोभिड–१९) को ‍–यापिड डाइग्नोस्टिक टेष्ट मंगलबारबाट सुरु भएको छ ।

–यापिड टेष्टका लागि ६ सदस्यीय प्राविधिकको टोली सोमवार साँझ धनगढी पुगेको थियो । प्रादेशिक स्वास्थ्य निर्देशनालयले त्यसमा चार जना सदस्य थप गरेर परीक्षणका लागि टोली खटाइएको जनाएको छ ।

१० जनाको टोली २ भागमा विभाजन गरेर र्‍यापिड टेष्ट गरिने स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले बताए ।

दुई टोलीले कैलाली र कञ्चनपुरमा रहेका शंकास्पद व्यक्तिको परीक्षण गर्ने छ । ‘एउटा टोली टीकापुर नगरापलिका हुँदै लम्किचुँहा, घोडाघोडीलगायतका स्थानीय तहमा रहन्छ,’ उनले भने, ‘अर्काे टोली कैलालीको गोदावरी नगरपालिका हुँदै कञ्चनपुरमा परीक्षण गर्छ ।’

केन्द्रबाट ५ हजार किट आएपछि पहिलो चरणमा २ सय जनाको मात्रै परीक्षण गरिने जोशीले जानकारी दिए ।

‘२ सयको परीक्षणपछि काठमाडौंको टोली फर्किन्छ । त्यसपछि यहीको टोलीले अन्यको परिक्षण गछर्,’ उनले भने ।

पहिलो चरणका शंकास्पद व्यक्ति, क्वारेन्टाइनमा रहेका र लक्षण देखिएकाहरूको परीक्षण गर्ने टोलिको योजना छ । त्यसपछि सुदूरपश्चिम प्रदेशका सबै क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षण गरिने छ ।

जोशीले पोजेटिभ रिपोर्ट आएकाहरूलाई धनगढीमै पीसीआर प्रविधिबाट पुनः परीक्षण गर्न सकने बताए ।

सुदूरपश्चिम प्रदेशका ४ जनामा कोरोना संक्रमण देखिएपछि संघीय सरकारले बागलुङ, कैलाली र कञ्चनपुरमा र्‍यापिड डायग्नोस्टिक टेष्ट गर्ने निर्णय गरेको थियो । सोही निर्णयानुसार २ दिनमा कैलाली र कञ्चनपुरका २ सयको परीक्षण गरिने उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्