नवनियुक्त गभर्नर अधिकारीको सपथ ग्रहण आजै हुने

काठमाडौं – नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । आज बिहान ११ः३० बजे अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाबाट पद तथा गोपनियताको शपथ लिने कार्यक्रम रहेको प्रधानन्यायाधीशको कार्यालय स्रोतले जनाएको छ ।

राष्ट्र बैङ्कका गभर्नरले प्रधानन्यायाधीशसँग पद तथा गोपनियताको शपथ लिनुपर्ने कानूनी व्यवस्था छ । सोमबार सरकारले नेपाल राष्ट्र बैङ्कको १७ औँ गभर्नरमा अधिकारीलाई नियुक्त गरेको थियो । उनको कार्यकाल ५ वर्षको हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्