कुवेतमा मोती यात्रा शुरु

कोभिड–१९ महामारीका कारण तीन वर्ष यता रोकिएको ‘पर्ल ड्राइभिङ फेस्टिभल’ मोती खोज्ने यात्रा शनिवारबाट शुरु भएको छ ।
तीन वर्षको अन्तरालपछि शनिवारबाट कुवेत शहरमा ३२ औँ पर्ल ड्राइभिङ फेस्टिभल शुरु भएको हो ।

आधिकारिक कुवेत समाचार एजेन्सी (कुना) का अनुसार यस पटक ६० जना युवा गोताखोरहरू मोती खोज्ने यात्रामा जानका लागि दुई वटा डुङ्गामा चढेका थिए । कुवेतका धनाढ्य शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको प्रायोजनमा वार्षिक कार्यक्रम आयोजना गरिएको हो । देशमा ठूला तेल भण्डारहरू प्रमाणित हुनुअघि यो एक प्राथमिक उद्योग थियो ।

सामान्यतया, गोताखोरहरूले श्वासप्रश्वासका उपकरणहरू प्रयोग नगरी मोती खोजि गरेर फ्रिडाइभिङ गरी यात्रामा जानुपर्ने नियम छ । यसले कुवेती समुन्द्री सतहलाई पुनर्जीवित राख्ने लक्ष्यका साथ मेला शुरु गरिएको हो । यो यात्रा पुर्खाको सम्झनामा राखिएको स्थानीयहरु बताउँछन् । यो यात्रा गर्न ७ घण्टाको समय लाग्नेछ । साथै आज (आईतवार) बाट उनीहरुले यात्रा शुरु गर्नेछन् ।

विगतमा गोताखोरहरुको संख्या २ सय ५० भन्दा बढी हुने गरेपनि यस वर्ष भने प्रशासक र पर्यवेक्षक बाहेकको संख्या ६० जना मात्र छ । गोताखोरहरु बिहीवार मात्रै फर्किने आयोजकको भनाइ छ । गोताखोरहरुले समुन्द्रको १० मिटर गहिराइमा पुगेर मोती खोज्नेछन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्